शीर्ष खबर समाज

प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण निधन, झापामा रहेका प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं जाँदै

बिर्तामोड, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ।

काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले जनाएको छ।

बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।

निधनको घोषणा भने परिवारका सदस्यहरु आएपछि गर्ने बताइएको छ। चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल केहीबेरमै काठमाडौं पुग्नेछन्। उनी हेलिकोप्टरमार्फत् काठमाडौं आउँदैछन्।

यता चितवनबाट दाहालकी छोरी रेणु दाहाल पनि काठमाडौं आउँदैछन्। प्लेन आउन ढिला भएपछि उनी पनि होलिकोप्टरबाट काठमाडौं आउने तयारी गरेकी छन्।

Comments

comments

Stay Connected with Us