राजनीति शीर्ष खबर

झापाबाट रुँदै काठमाडौं गएका थिए प्रचण्ड

बिर्तामोड, मंसिर ३ । झापामा आयोजित पूर्वाञ्चल स्वास्थ्य महोत्सवलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा गएका थिए । झापामै रहेका वेला प्रचण्डले पुत्र निधनको खबर पाए ।

खबर पाएलगत्तै उनी बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सातौँं तलामा रहेको हेलिप्याडबाट काठमाडौं फर्किएका छन्। उनी मलिन अनुहार बनाउँदै सिम्रिक एयरको हेलिकोप्टरमा चढेर काठमाडौं हिँडेका थिए ।

काठमाडौँ फर्कनुअघि प्रचण्डसँग एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिएण्डबी अस्पताल परिसरमा पुगेर प्रकाशको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

Comments

comments

Stay Connected with Us