राजनीति शीर्ष खबर

विश्वप्रकाशको प्रस्तावः वाम होइन, आम गठबन्धन गरौं

धुलाबारी, कात्तिक ३ । नेपाली कांग्रेसका युवा नेता एवं झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले वाम गठबन्धन या लोकतान्त्रिक गठबन्धनको नाममा फेरि राजनीतिलाई धमिलो बनाउनु भन्दा आम गठबन्धन गर्नु पर्ने प्रस्ताव अघि सारेका छन् ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘सबै राजनीतिक दलका ठूला नेताहरुका कारण देशले अधोगतितिर गएको हो । कांग्रेसले कांग्रेसलाई सुधार्ने र अन्य दलले पनि त्यसैगरी सुध्रिँदै गएको खण्डमा राजनीति सध्रिने कुरामा बिमति नहोला ।’

समाजमा भएका विविधतालाई गाँस्दै नेपाललाई समृद्धितर्फ लैजानु पर्ने आवश्यक भइसकेको शर्माको भनाइ थियो ।

 

Comments

comments

Stay Connected with Us