झापा अनलाइन विशेष राजनीति

ओलीले दमकमा पत्रकारलाई सोधे– म प्रधानमन्त्री भएको वेला कसैले बिहे गरेनन् कि क्या हो ?

KP Oli

दमक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री भएको वेला कसैले बिहे गरेनन् कि क्या हो ?’ भनेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन् ।

शनिबार झापाको दमकमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले कम्प्यूनिष्टको सरकार आए बिहे गर्न पनि पाइँदैन भनि दिएको अभियक्तिको जवाफ दिँदै ओलीले यस्तो व्यङ्ग्य गरेका हुन् ।

‘यो पराजयको आशंकाबाट पैदा भएको त्रासको प्रतिफल हो’, ओलीले भने, ‘हतासको अभिव्यक्तिप्रति म कुनै टिकाटिप्पणी गर्न चाहन्न ।’

कम्यूनिष्टको सरकार आए लोकतन्त्र सुदृढ हुने र लुटतन्त्र चाहिँ खतरामा पर्ने भएकाले विपक्षी अत्ताल्लिएको उनको भनाइ थियो ।

Comments

comments

Stay Connected with Us