झापा अनलाइन विशेष राजनीति

ओलीले दमकबाट भने–चुनाव लगत्तै पूर्वपश्चिम विद्युतीय रेलको काम सुरु हुन्छ

Photo Credit: Chetan Adhikari

दमक, मंसिर २ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि बन्न बाम गठबन्धनको सरकारले पूर्व–पश्चिम विद्युतीय रेलको काम तत्काल प्रारम्भ गर्ने बताएका छन् ।

झापाको दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले पहिले पनि यो विषय उठाएका थियौं । धेरैले विश्वास गरेनन् । तर, अबको बन्ने सरकारले त्यसको काम तत्काल प्रारम्भ गर्छ ।’

उनले पूर्व–पश्चिम राजगर्माको प्रसाङ्ग निकाल्दै अमेरिकी सरकारबाट ५ खर्ब सहयोग लिएर सडकलाई ६ लेनको बनाउने तयारी पूरा भएको बताएका छन् ।

ओलीले भने, ‘हामीले अमेरिकी सरकारबाट ५ खर्ब सहयोग लिएका छौं । अब चाँडै ६ लेनको बाटो बन्न सुरु हुन्छ ।’

फरक प्रसङ्गमा ओलीले कम्यूनिष्ट तालमेलले अत्यधिक बहुमतको सरकार बन्ने भन्दै अब नेपाल विकासको तीब्र गतिमा अघि बढ्ने बताए ।

Comments

comments

Stay Connected with Us