झापा अनलाइन विशेष समाज

सुरुङ्गा प्रेस क्लब दुई वर्षमाः दुई पत्रकारसहित साहित्यकार दाहाल सम्मानित (फोटो फिचरसहित)

वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि लगायत ।

सुरुङ्गा, असोज २८ । सुरुङ्गा प्रेस क्लबको दोस्रो वार्षिकोत्सवको अवसरमा दुई जना सञ्चारकर्मीसहित एक जना साहित्यकार सम्मानित भएका छन् । सम्मानित हुनेमा पत्रकार लीलाराज झापाली, गौरव पोखरेल र साहित्यकार मित्रप्रसाद दाहाल छन् ।

Lilaraj Jhapali
पत्रकार झापाली सम्मान ग्रहण गर्दै । तस्वीरः झापा अनलाइन

शनिबार कनकाई अतिथि सदनमा आयोजित एक सभाका बीच झापालीलाई ‘कनकाई नगर पत्रकारिता पुरस्कार’ र साहित्यकार दाहाललाई ‘कनकाई नगर साहित्य पुरस्कार’ प्रदान गरिएको हो । दुवै पुरस्कारको राशी नगद ५ हजार १ सय ११ रुपैयाँ छ ।

अन्तर्राष्ट्रिय टिन सम्मेलन २०१७ मा वक्ताका रुपमा सहभागी भएका झापाका युवा पत्रकार पोखरेललाई कलिलै उमेरमा पत्रकारिताको माध्यमबाट सुरुङ्गा र झापाकै नाम राख्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

Gaurav Pokharel
अनलाइनखबरका झापा संवाददाता गौरव पोखरेललाई सम्मान गरिँदै ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले सम्मान–पत्र प्रदान गरे ।

Mitraprasad dahal
साहित्यतर्फ सम्मानित व्यक्तित्व मित्रप्रसाद दाहाल ।

नेपाल पत्रकार महासंघ झापाका अयध्क्ष तारामणि सापकोटा र कनकाई नगरपालिकाकी उपमेयरमा मञ्जु प्रसाईंको विशेष आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी, मेचीनगर प्रेस क्लब अध्यक्ष ज्ञानेन्द्र निरौला, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गंगाराम ढुंगेल, कनकाई सामुदायिक वन उपभोक्ता समूहका ख्याम ओली, जामुनबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खेमराज सिटौला, लायन्स क्लबका लीला चिमरिया, सुरेन्द्र प्रधान, प्यारागन एकेडेमीका प्रिन्सिपल डिआर सुवेदी, कनकाई आर्यघाटका सचिव सूर्य उप्रेती, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष ज्योतिकुमार उप्रेती, प्यारागन एकेडेमीकी अध्यक्ष चम्पा सुवेदी, सुरुङ्गा जेसिजका अध्यक्ष जमिन तिम्सिना, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति प्रविण तिम्सिना लगायतको आतिथ्य रहेको थियो ।

Minal Timsina

कार्यक्रममा क्लबका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व रहेको थियो भने उपाध्यक्ष डिल्लीराम घोर्सांईले स्वागत र सदस्य सावित्रा दाहालले औचित्यमाथि प्रकाश पारेकी थिइन् । सञ्चालन कार्यबहाक सचिव सूर्यप्रसाद अधिकारीले गरेका थिए ।

Comments

comments

Stay Connected with Us