मनोरञ्जन शीर्ष खबर

षडजलाई नसालु नजरले हेरेपछि यस्तो भयो (हेर्नुस् भिडियोसहित)

Why Reloaded
मोडल विजय स्वाङ्बो र अनु शाह

सुरुङ्गा, असोज १० । पाँचथरका गायक षडज लिम्बु सम्बाहाफेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘नसालु नजरले नहेरे मलाई..’ बोलको गीतको म्यूजिक भिडियो उनको आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हालसम्म उक्त भिडियोलाई ५७ हजार बढीले हेरिसकेका छन् । उनको यो डान्सिङ गीत हो । यूट्यूबमा सार्वजनिक गरेको छोटो अवधिमै ५७ हजार बढीले हेरिसक्दा भिडियो निर्माण युनिट उत्साहित छ ।

विजय स्वाङ्बो र अनु शाहले मोडलिङ गरेको भिडियोको डाइरेक्सन पछिल्लो समय म्यूजिक भिडियो डाइरेक्सनमा जम्दै गरेका चर्चित युवा योदन एमएल सम्बाहाम्फे लिम्बुले गरेका हुन् ।

सोहन मानन्धरको शब्द तथा संगीत रहेको यो गीलाई ‘ह्वाई रिलोडेड’ एलबममा समेटिएको छ ।

विजेश्वरराज ताण्डुकारले एरेन्ज गरेको गीतको भिडियोमा प्रशान्त तामाङले कोरियोग्राफी र प्रविण श्रेष्ठले सम्पादन गरेका छन् ।

हेनुस् भिडियोः

Comments

comments

Stay Connected with Us