शीर्ष खबर साहित्य

कविताः यसरी सोच बदलौं

Amit Sangroula
Writer: Amit Sangroula

अमित संग्रौला

कृष्ण भन्छन् गीतामा
जस्तो खाना उस्तै मन
विचारहरुको संगालो हो मन ।

उच्च तप वाणीको तप
वाणी यस्तो होस्
जसले कसरी नघोचोस् ।

न नै पोलोस् पिरोलोस्
वाणीले सदा सबैलाई
हौसला, शान्ति, सान्त्वना प्रदान गरोस् ।
वाणी शुद्ध स्वास्थ हितकारी बनोस् ।

न पैसा लाग्छ राम्रो वाणी बोल्न
न नै मिहेनत खर्च गर्नुपर्छ ।
तैपनि मानिस अर्कालाई ।
घोची व्यङ्ग्य कसी बोल्न
होच्याइ दोष त्रुटी देखाइ
सम्झन्छन् भयंकर आफूलाई

शास्त्र भन्छ-
व्यक्ति जो व्यसनी छ
सदा सदा मदिरा मांसहार सेवन गर्छ ।
त्यस्ताको सोच दुषित बन्छ ।

गरी सद्ग्रन्थको अध्यन
जब ध्यान साधना गरी,
नित्य सदाचारमा रही
सोच त्यस्तै अभ्यासले हुन्छ सही ।

चले सब आध्यात्मिक शिक्षा अनुसार
बढ्दैछ नैतिकता शुभ विचार
हुनेछैन भ्रस्टाचार
न नै बलात्कार ।

बिर्तामोड, झापा

Comments

comments

Stay Connected with Us