अर्थ शीर्ष खबर

एनएमसीमा ट्याबबाट बचत संकलन !

NMC

बिर्तामोड, भदौ २३ । नेपालकै उत्कृष्टमध्येको एक सहकारी संस्था एनएमसीले आफ्ना शेयर सदस्यहरुको सुविधाको लागि विगतका योजनाहरुलाई निरन्तरता दिँदै यस वर्षदेखि थप कार्यक्रमहरु सञ्चालनमा ल्याउने भएको छ ।

आगामी २४ गते आयोजना गरेको संस्थाको २५औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सदस्यहरुका लागि युटिलिटी सर्भिस, जन्मदेखि मृत्युसम्मको सहयोग, संरक्षित पूँजीकोष फिर्तालगायतका योजनाहरु सञ्चालन गर्ने जनाकारी गराएको हो ।

संस्थाले यसै वर्षदेखि आफ्ना बजार प्रतिनिधिहरुलाई ट्याब्लेटबाट बचत संकलन गर्ने प्रविधिको विस्तार गरेको छ तथा बचत कारोबार गर्ने सदस्यहरुका लागि एसएमएस बैंकिङ सेवाको सुरुवात गरेको जनाएको छ ।

संरक्षित पूँजी कोषबाट यसवर्ष ४८ लाख रुपैयाँ सदस्यलाई फिर्ता गर्ने योजना बनाएको र साधारणसभामा प्रस्ताव गरिने जनाएको छ ।

गत असार मसान्तसम्ममा संस्थामा ४२ हजार ९२ जना सदस्यबाट निक्षेप तथा कर्जा कारोबार गरी १४ करोड ३० लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

संस्थाको वासलात पाँच अर्बभन्दा माथि रहेको, निक्षेप तीन अर्ब ७८ करोड, कर्जा लगानी चार अर्ब ३६ करोड तथा विभिन्न कोषहरुमा ३४ करोड ३८ लाख ६० हजारभन्दा बढी रहेको जनाइएको छ ।

संस्थाले यसै वर्षदेखि आफ्ना बजार प्रतिनिधिहरुलाई ट्याब्लेटबाट बचत संकलन गर्ने प्रविधिको विस्तार गरेको छ तथा बचत कारोबार गर्ने सदस्यहरुका लागि एसएमएस बैंकिङ सेवाको सुरुवात गरेको जनाएको छ ।

Comments

comments

Stay Connected with Us