अर्थ झापा अनलाइन विशेष विचार/ब्लग

श्रीखण्डका सुजन भन्छन्– मलाई विदेश यहीँ

Sujan Shiwakoti

बिर्तामोड, भदौ ५ । सुजन शिवाकोटी (३३) श्रीखण्ड साबुनका पूर्वाञ्चल प्रमुख हुन् । स्थापना कालदेखि नै श्रीखण्ड साबुनमा आबद्ध उनी अर्जुनधारा नगरपालिका–११, नयाँ बसपार्कमा बस्छन् ।

हाल उनी पूर्वाञ्चलभरिका जिल्लाहरुमा श्रीखण्डका उत्पादनहरुलाई पु¥याइरहेका छन् । उनी अहिले पूर्व क्षेत्रका ९ डिलरहरुको संयोजन गरिरहेका छन् ।

बिर्तामोड, इटहरी, तरहरा, धरान, लहान, जनकपुर, वीरगञ्ज र गौर उनका प्रमुख कार्यक्षेत्र हुन् ।

२०६२ देखि २०६५ सालसम्म वैदेशिक रोजगारीका क्रममा मलेसियामा काम गरेका उनले त्यहाँ रहँदा रेष्टुरेन्टमा काम गरे । तर, खासै सन्तुष्टि प्राप्त गरेनन् ।

पछि नेपाल आएर दुई वर्ष काठमाण्डौंमा मार्केटिङ पनि गरे । त्यसपछि श्रीखण्ड साबुनमा लागेपछि अहिले उनी आफ्नो कामबाट सन्तुष्ट छन् ।
‘काममा पनि सन्तुष्टि हुनु पर्ने रैछ’, उनी भन्छन्, ‘अहिले एकदम सन्तुष्ट छु । धेरथोर जति भएपनि आफ्नै मुलुकमा पसिना बगाएर कमाउँदा वेग्लै आनन्द मिल्दो रहेछ ।’

खाडी मुलुकमा रोजगारीका लागि गएकोमा अहिले उनलाई पछुतो छ । ‘आफ्नै देशमा काम गर्दा त्यहाँको भन्दा तीन गुणा बढी कमाइ भयो’, हर्षित हुँदै उनले झापा अनलाइनसँग भने, ‘अहिले त विदेशै यहीँ भएको छ मलाई ।’

उनका अनुसार श्रीखण्डका उत्पादनहरु आयूर्वेदिक छन् । ‘अरु साबुनहरुमा केमिकल मिश्रित हुन्छ’, उनले भने, ‘यो चाहिँ नेपालको प्राकृतिक जडिबुटीहरुको समिश्रण हो ।’

नेपालकै प्राकृतिक स्रोत साधनको प्रयोगबाट बनाइएकाले हरेक नेपालीले यो घरेलु उत्पादनलाई विश्वास गर्ने गरेको उनले सुनाए ।
हाल श्रीखण्डले निमको तेल, नरिवालको तेल, ग्रेसिरिन, पिपरमिन्ट, चिउरीको घिउ, पाम, तितेपाती, कास्टिक वयल आदि उत्पादन गरिरहेको छ ।

काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यसको उत्पादक कम्पनी डिएन हर्बल उद्योग हो । जसको प्रमुखः नारायणप्रसाद गौतम हुन् ।
अहिले श्रीखण्डका उत्पादनले बजारबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

‘धेरै जनाको डण्डिफोर, चाँया हटेको फिडब्याक आएको छ’, सुजनले भने, ‘यसले छालालाई स्फूर्त बनाउने उपभोक्ता आफैं भन्छन् ।’
श्रीखण्डका उत्पादनहरु डिपार्टमेन्टल स्टोरदेखि लिएर मेडिकल फारमेसीहरु, कस्मेटिक र किराना पसलसम्ममा उपलब्ध छन् ।

श्रीखण्डको चिउरी निम साबुन, फेस सोप, पपया, रातो च्याउ, निम, तितेपाती सोप आदि उत्पादन चर्चित छन् । झापामा मात्रै महिनामा एक सय कार्टुन साबुक विक्री हुने गरेको छ ।

Comments

comments

Stay Connected with Us