झापा अनलाइन विशेष समाज

झापामा रोकियो वर्षा, नदीमा पानीको बहाव घटदै

Rainfall Stopped

झापा, साउन २९ । तीन दिनअघि देखि झापामा परेको अविरल वर्षा आइतबार दिउँसो रोकिएको छ ।

पानी रोकिएसँगै जिल्लाका नदीहरुमा पानीको सतह पनि घटदै गएको छ । यस अवधिमा आएको बाढीका कारण जिल्लामा चार जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । १३ सय जना विस्थापित भएका छन् ।

पानी रोकिएपछि झापा गाउँपालिकाका मोहमद रसिदले खुशी व्यक्त गरे । ‘यसपालि पानीले सबैलाई लाने रैछ भन्ने सोचेको थिएँ’, उनले भने, ‘तर, अहिले पानी रोकिएको छ । मनमा शान्ति छाएको छ ।’

पानी रोकिएसँगै सिंगो झापावासी खुशी भएका छन् । बाढीका कारण झापा विद्युत्विहीन बनेको छ भने मोबयल पनि चलेको छैन ।

यो पनि पढ्नुहोस्

मध्यरातमा डुब्यो झापा, तस्वीरमा हेर्नुस् कहाँ के भयो ? (फोटो/भिडियो फिचर)

सवस्टेशन डुब्दा पूर्वी तराई विद्युत् विहीन, कहिलेबाट सुचारु होला विद्युत् ?

बाढीका कारण झापामा ४ जनाको मृत्यु, ११ बेपत्ता, १३ सय विस्थापित

Comments

comments

Stay Connected with Us