शीर्ष खबर समाज

बाढीले झापामा त्रास, बिर्तामोडमा गाडी नै बगाउने पानी !

Jalmagna Birtamod

बिर्तामोड, साउन २७ । केही दिन यता परेको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ । जिल्लाका अधिकांश नदीमा बाढी आउँदा आसपासका जनता त्रसित छन् ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाका अनुसार कनकाई नदीमा रहेको मैनाचुली जनमापन केन्द्रले ५.५ मिटर जलसतह मापन गरेको छ । गत वर्ष यहाँको अधिकतम जलसतह ४.३ थियो ।

बिर्तामोडको अन्धुवा खोला राति राजमार्गबाटै कुदेको थियो । र, बिर्तामोडमा बाढीले कार बगाएको तस्वीर अहिले सामाजिक सञ्चालमा व्यापक शेयर भइरहेको छ । यो तस्वीर बिर्तामोडका व्यवसायी सन्तोष अग्रवालले खिचेका थिए ।

Comments

comments

Stay Connected with Us