शीर्ष खबर सूचना-प्रविधि

अब मोबायल र कम्प्यूटरमा रहेन फरक ! यसरी जोड्नुस् मोबायलमा किबोर्ड र माउस

Connection Mouse and Keyboard in Mobile

एजेन्सी । हामी मध्ये कतिपयलाई मोबाइलमा किबोर्ड र माउस जोडेर कम्प्युटर चलाए जसरी चलाउने मन लाग्न सक्छ, यदि त्यस्तो हो भने खुशी हुनुहोस ।

आज हामी तपाइहरुलाई मोबाइललाई पनि कम्प्युटर जसरि किबोर्ड र माउस जोडेर सजिलो संग चलाउने तरिका सिकाउन गैरहेका छौं ।

यसको लागी तपाइले १५० रुपैयाँ जति खर्च गर्नुपर्ने हुन्छ, अर्थात्  USB OTG Cable किन्नु पर्ने हुन्छ । यो केवल कम्प्युटर, मोबाइल पसलहरुमा सजिलै पाइन्छ ।

१ –  USB OTG cable लाई मोबाइलमा जोड़नुहोस, र केवलको अर्को टुप्पोलाई किबोर्ड र माउससंग जोड़नुहोस र कम्प्युटरमा जस्तै किबोर्ड र माउस चलाउन सक्नुहुन्छ ।

२ – त्यसै गरि यहि केवलको साहयताले मोबाइलमा पेनड्राइभ र एक्सटर्नल हार्डडिस्कहरु कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ ।

३ – यदि तपाइँ गेमको सौखिन हुनुहुन्छ भने जोयस्टिक९गेमप्याड० लाई पनि यहि केबलको सहायताले जोडेर गेम खेल्न सक्नुहुन्छ ।

 

Comments

comments

Stay Connected with Us