प्रवास शीर्ष खबर

गायक बद्री र प्रियासँग झुम्ने भए यूएईका नेपाली

UAE Program

सुर्य खवास, युएई । प्रवासमा समस्यामा परेका नेपालीहरुको सहयोगार्थ प्रवासी नेपाली मंच युएई, अबुधाबी राज्य कमिटको आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भोलि अर्थात अगस्ट ११ का दिन युएईको आबुधाबिमा बिशेष सास्कृतिक कार्यक्रममा सहभागि हुन चर्चित लोक गायकबद्री पंगेनी र गायिका प्रिया भण्डारी युएई आइपुुुगेका छ्न् ।

कार्यक्रममा चर्चित लोक गायकबद्री पंगेनी र गायिका प्रिया भण्डारी लगाएत युएईमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजक समितिका संयोजक पुष्कर शर्माले जानकारी दिए।

महिलाहरुको विषेश पर्व हरितालिका तिजको अवसरमा हरेक बर्ष कार्यक्रम आयोजना गर्दै आएको प्रवासी नेपाली मंचले निरन्तरता स्वरुप यो वर्ष पनि फोल्कलोर थिएटर आबुधाबिमा कार्यक्रम गर्न लागेको हो ।

सो सांस्कृतिक कार्यक्रमलाई नमस्ते ट्राभल्स युएईले प्रायोजन गरेको छ ।साथै उक्त कार्यक्रममा अल अहलिया हस्पिटलद्वारा निः शुल्क स्वस्थ्य परिक्षण समेत गरिने आयोजकले जानकारी गराएको छ ।

Comments

comments

Stay Connected with Us